१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

अक्षरयात्राको द्विशतक शृंखला शताब्दी घरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o९:oo

यात्रा साहित्यसँग सम्बन्धित कार्यक्रम ‘अक्षरयात्रा’को द्विशतक शृंखला पर्वतको कुस्मास्थित शताब्दी घरमा सम्पन्न भएको छ। गजलसन्ध्या र नवनीत साहित्य सागरले २०६२ असार १८ देखि निरन्तर सञ्चालन गरिरहेको उक्त कार्यक्रम योपटक कुस्माको शताब्दी घरमा गरिएको हो।

'कालीगण्डकी बचाऔँ' अभियान एवं कुस्मा कला परियोजनाका परिकल्पनाकार, अभियन्ता आरकेअदीप्त गिरीको स्थानीय निम्तो र आयोजनामा शताब्दी घरमा आयोजित कार्यक्रममा पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएका थिए। शताब्दी घरको सिरान तलामा आयोजित कार्यक्रममा अक्षरयात्राको द्विशतक श्रृंखला कार्यक्रम सञ्चालन भयो।

कार्यक्रमका कवि तीर्थ श्रेष्ठले कालीगण्डकी र आफ्नो जीवनका बीचमा प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै आफ्नी प्रातः स्मरणीय माताको सम्झना गरे। आफू तीन वर्षको हुँदा आमाको देहान्त भएको र कालीगण्डकी नदीमा दाहसंस्कार भएको बताए। 

अभियन्ता आरकेअदीप्त गिरी कालीगण्डकीको संरक्षण र नेपाली वास्तुकलाको संरक्षणमा एक्लै उभिएको प्रशंसा गर्दै श्रेष्ठले राज्यले गर्नुपर्ने काम एउटा व्यक्तिले गर्नु ठूलो आँट र साहस रहेको विचार व्यक्त गरे।

संस्थाका अध्यक्ष आरकेअदीप्त गिरीले परिवर्तन र विकासको नाममा मौलिक परम्परा, संस्कार, संस्कृति र रीतिस्थित बिर्सिरहेकाे बताए। ‘हामी शताब्दी घरलाई पूर्णता दिन अथक प्रयत्न गरी नै रहेका छौँ। विकासका नाममा मानव ज्ञानमाथिको अतिक्रमण बन्द गरी ऐतिहासिक धरोहरहरूको जीर्णोद्धार गरी संरक्षण–संवर्द्धन गरिनु अहिलेको प्रमुख आवश्यकता पनि हो,’ उनले भने।

कार्यक्रममा प्रसिद्ध लोक गायिका हरिदेवी कोइरालाले आफूले जीवनमा तीन सय वर्षभन्दा पुरानो घरको तेस्रो तलामा बसेर यस्तो साहित्यिक कार्यक्रममा पहिलो चोटी भाग लिन पाएकोमा फरक अनुभूति भएको बताउँदै कालीगण्डकीमा समर्पित केही गीत र असारे भाका सुनाइन्।