१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १७ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १७ आइतबार १६:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विधेयकहरू संसदमा छलफलका लागि अचानक ल्याउनु सरकारको गम्भीर लापरबाही : प्रदीप यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १७ आइतबार १६:o१:oo

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसदहरूलाई अध्ययन नै गर्न नदिई संसदमा छलफलमा लागि विधेयकहरू ल्याउने गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा उनले सरकारले गम्भीर प्रकृतिका विधेयकहरू छलफलमा ल्याउँदा आफूहरूलाई अध्ययन गर्ने समयसमेत नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

गम्भीर प्रकृतिका विधेयक ल्याउनुअघि राजनीतिक दलहरूबीच सरकारले व्यापक रूपमा छलफल गराउनुपर्ने सांसद यादवको भनाइ थियो। उनले सरकारले ल्याएको विधेयक अध्ययन नै गर्न नपाउँदा अनुमानको भरमा छलफलमा भाग लिनुपर्ने अवस्था आउने गरेको गुनासो गरे।

‘निश्चित रूपमा यो सरकारको धेरै लापरबाही हो। अचानक यस्ता गम्भीर विधेयकहरू आउँछन्, जसको हामी अध्ययन गर्न पनि पाउँदैनौँ। विधेयकहरू पनि समयमा हातमा आउँदैनन् । र, अन्दाजको भरमा हामीले बोल्नुपर्छ। कहाँकहाँबाट हामीले विधेयकको पनि व्यवस्था गर्नुपर्छ। वास्तवमा यो आउनुपर्ने कुरा चाहिँ हो। तर, यो व्यापक छलफल गरेर नै ल्याउनुपर्ने थियो। किनकि यसमा एकतर्फी रूपमा मात्रै गएर हुँदैन सभामुख महोदय,’ उनले भने।