१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

३० खर्ब डलर मार्केट क्याप भएको पहिलो कम्पनी बन्यो एप्पल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१७:oo

अर्थ विश्व

अमेरिकन बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी एप्पलको सेयरले नयाँ रेकर्ड बनाएको छ । ३० जुनमा एप्पलको सेयर ४.३८ अर्ब डलर (२.३१ प्रतिशत) बढेर १९३.९७ डलर पुगेको हो । यो सेयरमूल्य एप्पलको अहिलेसम्मकै सर्वाधिक उच्च हो । यस्तै, एप्पलको मार्केट क्याप पनि ३० खर्ब डलरभन्दा बढी पुगेको छ । योसँगै ३० खर्ब डलरको आँकडा पार गर्ने एप्पल विश्वको पहिलो कम्पनी बनेको छ । यसका साथै कारोबार समयमा एप्पलको सेयर १९४.४८ डलर पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो । 

एप्पललाई पछ्याउँदै माइक्रोसफ्ट : एप्पलपछि माइक्रोसफ्टको मार्केट क्याप उच्च छ । माइक्रोसफ्टको मार्केट क्याप २० खर्ब ५० अर्ब डलर छ । यसैगरी, अल्फाबेट, अमेजन र निभिदाको मार्केट क्याप १५ खर्ब ३० अर्ब डलरभन्दा माथि छ । 

सेयर किन भयो उच्च ? : विश्वकै महँगो कम्पनी एप्पलको सेयरमा आएको वृद्धि वाल स्ट्रिटका कैयौँ दिग्गज कम्पनीको बलियो रिबाउन्डपछि देखिएको हो । अब केन्द्रीय बैंकले अमेरिकाको ब्याजदर घटाउन सक्ने र एआई (कृृत्रिम बौद्धिकता)को भविष्य राम्रो हुन सक्ने विश्लेषकले विश्लेषण गर्न थालेका छन् । यही कारणले पनि सेयरको मूल्यवृद्धि भएको बताइएको छ । 

यो वर्षमै ५५ प्रतिशतले वृद्धि : सन् २०२३ (हालसम्म) मा एप्पलको सेयरमा ५५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यही अवधिमा निभिडाको सेयर १९५ प्रतिशतले बढेर १० खर्ब डलरको स्टक मार्केट भ्यालु पार गर्ने पहिलो चिपनिर्माता कम्पनी बनेको छ । यही वर्ष टेस्लाको १४२ प्रतिशत र मेटाको सेयर १३० प्रतिशभन्दा बढीले बढेको छ । यस्तै, माइक्रोसफ्टको सेयरमा ४२.१४ प्रतिशको वृद्धि भएको छ । 

५ जुनमा एप्पलले आफ्नो महत्वाकांक्षी तथा महँगो मिक्स्ड रियालिटी हेडसेट एप्पल भिजन प्रो लन्च गरेको थियो । त्यसपछि एप्पलको सेयरमा निरन्तर वृद्धि देखिएको छ । एप्पलको त्रैमासिक रिपोर्टमा आय र नाफामा कमी आएको उल्लेख छ । यद्यपि, यो परिणाम विश्लेषकको अनुमानभन्दा राम्रो रहेको बताएको छ । 

ad
ad