१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिराहाबाट खैरो हेरोइनसहित तीन युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:o६:oo

सिराहा नगरपालिका– ७ बाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरी लागुऔषध मुद्दा चलाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त टोलीले जिल्ला सदरमुकामस्थित ट्राफिक चोकबाट दुईपटकमा ७०.९३ ग्राम खैरो हेरोइन र तौल गर्ने डिजिटल मेसिनसहित तीन युवकलाई पक्राउ गरेको हो।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार पक्राउ पर्नेहरूमा सिराहा– ८ का २० वर्षीय विवेक ठाकुर र १९ वर्षीय मनीष यादव तथा सिराहा– २० का १९ वर्षीय सत्यनारायण कारक छन्। उनीहरूविरुद्ध सिराहा जिल्ला अदालतबाट शुक्रबार लागुऔषध मुद्दामा १० दिनको म्याद लिएर जिल्ला प्रहरीबाट थप अनुसन्धान भइरहेको पाण्डेले बताए।

प्रहरीका अनुसार ट्राफिक चोक नजिक गत बुधबार मनीषले चलाएको स. १० प ६१७७ नम्बरको मोटरसाइकल चढेर दक्षिणतर्फबाट आएका तीनजना स्थानीय लक्ष्मी डेरी उद्योग नजिक रोकिएर कुराकानी गरिरहेको अवस्थामा प्रहरीले शंका लागेर नियन्त्रणमा लिई सोधपुछ र खानतलासी गर्दा कारकले बोकेको झोलाबाट खैरो हिरोइनजस्तो देखिने लागुऔषध ६२.२१ ग्राम र तौल गर्ने डिजिटल मेसिन बरामद भएको थियो।

प्रहरीले तीनजनालाई नै नियन्त्रणमा लिई सोधपुछको क्रममा कारकले आफ्नो डेरामा पनि लागुऔषध राखेको सूचना दिएपछि सिराहा– ७ स्थित डेरा खानतलासी गर्दा  शुक्रबार पुनः  ८.७२ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

ad
ad