१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २१ शुक्रबार १५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:५७:oo

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज दिउँसो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्। अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घन्टा अवरुद्ध भएको थियो।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवत–जावत गर्छन्। रासस

ad
ad