१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १५:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनप्रतिनिधिको फोटो टाँसेर भीमदत्तको मुख्य सडकमै गरियो रोपाइँ  

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १५:३o:oo

कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजार सडकमै रोपाइँ गरिएको छ। स्थानीयले बुधबार सडक नबनेको विरोधमा सडकमै रोपाइँ गरेका हुन्। 

बसपार्क–चम्मनचोक–क्याम्पसरोड सडकअन्तर्गत खानेपानी कार्यालय पश्चिमतर्फ रहेका व्यवसायीले सडकमै रोपाइँ गरेका छन्। व्यवसायीसमेत रहेका रवीन्द्र ओझाले नगरपालिकाले सडक नबनाएपछि सडकछेउमा खाडल परेको बताए। 

‘नगरपालिकाले सडक बनाउन ढिलाइ गर्दा सडकछेउमा खाडल भयो,’ उनले भने, ‘घाम लागेका वेला घुलाम्मे र पानी परेका वेला हिलाम्मे हुन थाल्यो।’ 

उनीहरूले सडक बनाउन ढिलाइ गरेको विरोधमा भीमदत्त नगरपालिका– ४ का वडाध्यक्ष सुशीलकुमार भट्ट, उपप्रमुख सुशीला लेखक र प्रमुख पदम बोगटीको फोटोसमेत टाँसेका छन्। स्थानीयले समयमै सडक बनाउन माग अघि सारेका छन्। क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी)अन्तर्गत महेन्द्रनगरमा सडक निर्माण भइरहेका छन्।

उक्त स्थानमा विवाद आउँदा पालिकाले सडक निर्माण कार्य रोकेको छ। भीमदत्त नगरका प्रवक्ता महेन्द्र खड्काले उक्त क्षेत्रमा सडक विस्तारका क्रममा नगर विकास समितिको २२ सटरमा व्यवसाय गर्दै आएका व्यवसायीको वैकल्पिक व्यवस्था नहुँदासम्म सडक निर्माणदाता एडिबीले काम अघि नबढाएपछि काम रोकिएको बताए।

‘एडिबीको आफ्नै अन्तर्राष्ट्रिय मूल्य–मान्यता छ,’ उनले भने, ‘सोहीअनुरूप सो क्षेत्रमा सडक बन्न ढिलाइ भएको छ। वडा नम्बर ४ का वडाध्यक्ष सुशीलकुमार भट्टको अध्यक्षतामा एक कार्यदल बनेको छ। जीविकोपार्जन गर्दैै आएका व्यवसायीको वैकल्पिक व्यवस्था भएपछि उक्त घर तोडेर र सडक निर्माण हुन्छ।’