१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
एजेन्सी मुम्बई
२o८१ बैशाख २३ आइतबार o७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकपको खेल तालिका सार्वजनिक : भारतले १५ अक्टोबरमा पाकिस्तानको सामना गर्ने

Read Time : < 1 मिनेट
एजेन्सी, मुम्बई
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:२६:oo

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । आइसिसीले मंगलबार खेल तालिका सार्वजनिक गर्दा भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा तय गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्नेछ । भारतमा अक्टोबर–नोभेम्बरसम्म ४६ दिनसम्म चल्ने विश्वकपमा ४८ खेल हुनेछन् । आइसिसीले बहुप्रतिष्ठित मानिने भारत र पाकिस्तानबीचको खेल नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा राखेको छ । 

यसै मैदानमा १९ नोभेम्बरमा फाइनल खेल हुनेछ । मुम्बई र कोलकातामा समान एक सेमिफाइनल खेल हुने आइसिसीले जनाएको छ । आयोजक भारतले विभिन्न १० सहरमा विश्वकप प्रतियोगिता आयोजना गर्ने जनाएको छ । अहमदाबाद, बेंग्लोर, चेन्नई, नयाँदिल्ली, धर्मशाला, हैदराबाद, कोलकाता, मुम्बई, लखनउ, पुने, गुवाहाटी र तिरुवनपुम सहरमा विश्वकप आयोजना हुनेछ । आइसिसीले ३ अक्टोबरमा अभ्यास खेल सुरु गर्नेछ । विश्वकपका लागि सीधै आठ राष्ट्र छनोट भएका थिए । 

विश्वकपको ग्लोबल छनोटबाट दुई टोली आउनेछन् । अहिले जिम्बावेमा ग्लोबल छनोट खेल चलिरहेको छ । आइसिसीले नकआउट प्रतियोगिताअघि रिजर्भ डे राखेको छ । सेमिफाइनल तथा फाइनल खेलअघि रिजर्भ डे हुने आइससीले जनाएको छ । विश्वकप इतिहासमा पहिलोपटक सेमिफाइनल र फाइनलअघि रिजर्भ डे राखिएको हो । 

ad
ad