१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेस हुन्छ : मन्त्री राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेस गर्ने बताएका छन्।

असार ४ गते मन्त्रिपरिषदमा पेस गरिएको सो विधेयक त्यहाँबाट स्वीकृति प्राप्त हुनेबित्तिकै संसदमा पेस गर्ने उनको भनाइ छ। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको दाबी गरे।

‘विधेयक असार ४ गते मन्त्रिपरिषदमा दर्ता भइसकेको छ। आज १२ गते हो। मलाई लाग्छ, आजको क्याबिनेटमा त्यो आइसकेको होला। र, मन्त्रिपरिषद्ले अनुमति दिनेबित्तिकै संसदमा त्यो विधेयक दर्ता हुने कुरा माननीयजीहरूलाई निवेदन गर्न चाहन्छु,’ उनले भने।

मन्त्री राईले विद्यालय शिक्षा क्षेत्रको सुधारका लागि दातृ निकायहरूले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाएको समेत सदनलाई जानकारी गराए।