मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १० बिहीबार
  • Thursday, 22 February, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असार १२ मंगलबार १७:०६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काठमाडौं आए चिनियाँ उद्यमी ज्याक मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार १२ मंगलबार १७:०६:००

चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौं आइपुगेका छन्। उनी सातजनाको टाेलीसहित मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

उनको अलिबाबा विश्वको ठूलोमध्येको एक ई–कमर्स कम्पनी हो। ज्याक माले सन् १९९९ मा आफ्ना साथीसँग मिलेर अलिबाबा ग्रुप स्थापना गरेका थिए।

अहिले यसको बजारमूल्य एक खर्ब डलरभन्दा माथि पुगेको बताइन्छ। काठमाडौं बसाइमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ।