१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सप्तरी घटनाबारे सदनमा उठ्यो आवाज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o२:oo

अन्तर्जातीय विवाह गरेका दलित युवालाई अपहरण मुद्दा लगाएर जेल पठाएको सप्तरीको घटना संसद्मा उठेको छ । एमाले सांसद रघुजी पन्तले दलित भएकै कारण किर्ते कागजात बनाई मुद्दा लगाएर जेल चलान गरेको भन्दै दोषीलाई कारबाही गर्न माग गरे । 

‘केटीको श्रीमान् र जेठाजु अपहरण मुद्दामा जेल छन् । यसमा सर्वाेच्च अदालतले पनि फैसला गर्ला । तर, सरकारको गम्भीरतापूर्वक ध्यान जाओस् । यो प्रशासन र प्रहरीको बदमासी हो । अझ नक्कली जन्मदर्ता बनाउने वडाध्यक्ष धम्कीपूर्ण रूपमा केटी नाबालिग हो भनेर सार्वजनिक रूपमा भन्दै हिँडिरहेको छ,’ उनले भने, ‘यस्तोमा अदालतले निर्दाेषलाई न्याय दिए पनि गडबडी गर्नेलाई सजाय तोक्दैन । नक्कली सिफारिस गरेर वयस्क बालिग केटीलाई नाबालिग बनाउने वडाध्यक्षलाई पनि सरकारले तुरुन्त कारबाही गरोस् ।’ 

उपल्लो जातकी युवतीसँग प्रेमविवाह गरेका सप्तरीको विष्णुपुर गाउँपालिका– ६ का मनोजकुमार राम अहिले अपहरण मुद्दामा कारागारमा छन् । अपहरणमा संलग्न भएको आरोपमा मनोजका दाइसमेत थुनामा छन् । मनोजले ०७९ कात्तिकमा अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसरसँग बिहे गरेका थिए ।

कपिलवस्तु जिल्ला अदालतले मनोज र बबितालाई विवाह दर्ताको प्रमाणपत्र दिइसके पनि युवतीको परिवारले वडाबाट किर्ते जन्मदर्ता बनाई बबितालाई नाबालिग देखाएर मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दिएपछि उनी पुर्पक्षका लागि थुनामा छन् । बबिता न्यायका लागि काठमाडौं आएकी छिन् भने सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।

ad
ad