Skip This
अर्थमन्त्री भन्छन्– बजेट संशोधन नभई पास हुन्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ११ सोमबार १७:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्थमन्त्री भन्छन्– बजेट संशोधन नभई पास हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ११ सोमबार १७:३५:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट संशोधन नभई पास हुने दाबी गरेका छन्।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले असार १३ गते कुनै पनि संशोधनबिना बजेट पास हुने बताए। बजेट ल्याउँदा सीमित स्रोत र साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उनले आजको वास्तविकतामा बजेट आएको जिकिर गरे।

‘बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन। थोरै साधनस्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो। आजको सम्भावित स्रोतसाधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो,’ उनले भने।

बजेटमा समानता भएन भन्ने सांसदहरूको भनाइ आफूले मागेअनुसार नआएको भन्नेमा मात्रै सीमित रहेको महतको भनाइ छ। बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने उनले प्रस्ट पारे।

‘आवश्यकताअनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति दिइरहनुभएको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने एउटा कुरा हो। तर, उहाँहरूले थोरै साधनस्रोतभित्र रहेर मैले गर्न सक्ने गरेको छु। उहाँहरूले आवश्यकता सबै पूर्ति भएन भन्नुभएको हो,’ अर्थमन्त्री महतले भने।