१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

यी पुस्तकबाट थाल्नुस् अंग्रेजी साहित्यको अध्ययन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:o४:oo

अंग्रेजी साहित्यको अध्ययन भर्खरै थाल्दै हुनुहुन्छ भने तपाईंले जटिल भाषा र संरचना प्रयोग भएका पुस्तक नरोज्नु राम्रो हुन्छ । बरु, त्यस्ता पुस्तक छान्नुस्, जो पढ्न र बुझ्न सरल होस्, भाषा सटिक र रोचक होस् । केही पुस्तक यस्ता छन् । 

-जापनिज लेखक तोसिकाजु कावागुचीको ‘बिफोर द कफी गेट्स कोल्ड’ पढ्नैपर्ने पुस्तक हो । पढ्नलाई एकदमै सजिलो छ, भाषा सरल छ । बिहानदेखि पढ्नुभयो भने बेलुकासम्म पढिसक्नुहुन्छ । रोचक कथा छ । ‘टाइम ट्राभल’ खालको पुस्तक हो । -अर्को सरल पुस्तक ‘ट्युज्डेज विथ मोरी’ हो । यो धेरै मोटो छैन । यसले विभिन्न फिलोसोफिकल कुरा सिकाउँछ । मानिसको मृत्यु, विवाह, मान्छेको जीवन सबै कुरा छ । यो प्रोफेसर र विद्यार्थीबीचको कथा हो । यसले मान्छेलाई बाँच्न सिकाउने, आशा जगाउने, जीवन जिउने प्रेरणा दिन्छ । 

-हारुकी मुराकामीको किताब ‘नर्वेजियन बड’ पनि पढ्न सुझाव दिन्छु । यो उनको चर्चित पुस्तक हो । हारुकीको पुस्तक सुरु गरेपछि छाड्नै मन लाग्दैन । मुराकामीको अर्काे किताब ‘काफ्का अन द सोर’ पनि पढ्दा हुन्छ । यो पुस्तक देख्दा मोटो छ र कसरी पढ्ने होला जस्तो लाग्छ । तर, पढेपछि छोड्न मन लाग्दैन । पहिलो पेज पढेपछि तपाईंलाई छोड्न मन लाग्दैन । भाषा पनि सरल छ पढ्दा मज्जा आउँछ । अंग्रेजी बुझ्न गाह्रो होइन । 

-जर्ज ओर्वेलको उपन्यास ‘एनिमल फार्म’मा पनि भाषा सरल छ । एक बसाइमा पनि पढिसकिन्छ । यो पुस्तक पढ्दा हाम्रो राजनीतिको संरचनाको पनि झल्को मिल्छ । यो पुस्तक पढ्न सजिलो छ । सबैले बुझ्ने भाषा छ । 

ad
ad