१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १० आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १० आइतबार १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आमसञ्चारसम्बन्धी विधेयक संसदमा छिट्टै पेस हुन्छ : सञ्चारमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १० आइतबार १८:४७:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चारसम्बन्धी विधेयक छिटोभन्दा छिटो संसदमा पेस गर्ने बताएकी छिन्। विज्ञहरूसँग आवश्यक सुझाब लिएर सो विधेयकलाई संसदमा पेस गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।

आइतबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित धेरै ऐनहरू पुराना भएकाले त्यसलाई अद्यावधिक गरेर नयाँ कानुन बनाउने काममा सरकारले ढिलाइ नगर्ने प्रस्ट पारिन्।

‘हामी सबैलाई थाहा छ यो सञ्चार र सूचना प्रविधिका ऐन, कानुनहरू असाध्यै पुराना छन्। र, यो क्षेत्रमा व्यापक रूपमा परिवर्तन भएको छ। र, नयाँ ऐन, कानुन जरुरी छ । यसका निम्ति हामी मन्त्रालयमा गम्भीरतापूर्वक छलफल गर्दै छौँ। हामी यसलाई छिटोभन्दा छिटो प्रक्रिया अघि बढाउनेछौँ,’ उनले भनिन्।

मन्त्री शर्माले दूरसञ्चारसम्बन्धी फोरजी सेवाको देशभर विस्तार र फाइभजी सेवाको लन्च गरेर शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रहरूको पूर्वाधार विकास गरी मुलुकको राजस्व वृद्धिमा योगदान पुर्‍याउने योजनाका साथ काम भइरहेको बताइन्।