Skip This
आगामी तीन वर्षभित्र काठमाडौं-निजगढ द्रुतमार्ग सम्पन्न हुन्छ : मन्त्री ज्वाला
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असार १० आइतबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १० आइतबार १७:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगामी तीन वर्षभित्र काठमाडौं-निजगढ द्रुतमार्ग सम्पन्न हुन्छ : मन्त्री ज्वाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १० आइतबार १७:३७:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुने बताएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। 

मन्त्री ज्वालाले सो द्रुतमार्गको निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २२ अर्ब बजेट व्यवस्था गरिएको पनि बताए। उनले मन्त्रालयको बजेट चालू आर्थिक वर्षको भन्दा करिब ३७ अर्ब घटेकाले सबै क्षेत्रको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको स्पष्टीकरणसमेत दिए। 

मन्त्री ज्वालाले सो द्रुतमार्गको निर्माण कार्यलाई नेपाली सेनाले तीव्रताका साथ अघि बढाएको पनि संसद्लाई जानकारी गराए। मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गराउन र गुणस्तरीय बनाउन आफू लागिपर्नेसमेत बताए।