१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:१४:oo

दाँत स्वस्थ हुन मुख स्वस्थ हुनुपर्छ । मुखबाट खाएको खानेकुरा नै शरीरमा पुग्ने हो । त्यसले मुख स्वस्थ नहुँदा विभिन्न शारीरिक समस्या देखिन सक्छन् । मुखलाई स्वस्थ राख्न हामीले केही कुरामा ध्यान दिनुपर्छ । खानपिन र जीवनशैली राम्रो हुनुपर्छ । 

ब्रस गरेर मात्रै मुख सफा हुँदैन । अधिकाशंलाई ब्रस गरेपछि मुख सफा हुन्छ भन्ने भ्रम छ । तर, हामीले खानेकुरामा ध्यान दिनुपर्छ । प्याकेजिङ गरेको खानेकुरा खानुहुँदैन । धूम्रपान पान तथा मद्यपानबाट टाढा रहनुपर्छ । गुलियो तथा चिनीजन्य खानेकुरा कम खानुपर्छ । खाइहाले पनि तत्कालै ब्रस गर्नुपर्छ ।  गुलियोले मुख, गिजा तथा दाँतमा विभिन्न समस्या निम्त्याउँछ । 

दाँत स्वस्थ राख्नका लागि कम्तीमा तीनदेखि ६ महिनामा यसको चेक गर्न आवश्यक छ । नियमित चेकअप गर्दा डाक्टरले मुख तथा दाँतमा देखिएका समस्याको पहिचान समयमै गर्न सक्छन् । 

राति सुत्नुअघि र बिहान उठेपछि ब्रस अनिवार्य गर्नुपर्छ । दाँतको पाँच भाग नै सफा हुने गरी राम्ररी गर्नुपर्छ ।  सफ्ट ब्रसको प्रयोग गर्नुपर्छ । जीवनशैली राम्रो बनाउनका लागि शारीरिक रूपमा सक्रिय हुनुपर्छ । व्यायाम, योग गर्न सकिन्छ । 

ad
ad