लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पालाई सम्मान गरेको छ । २८औँपटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणका क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा लेखाउन सफल भएका थिए ।
सो सम्मानपत्र बैंकका अध्यक्ष चिन्तामणि भट्टराईले विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा एक कार्यक्रमका बीच प्रदान गरेका छन् । पर्वतारोही शेर्पा विगत दुई दशकदेखि विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनी आवद्ध छन् ।