१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ च्याम्पियनसिप : साबिक उपविजेता नेपाल बाहिरियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१७:oo

सन् २०२१ माल्दिभ्समा भएको साफ च्याम्पियनसिप उपविजेता नेपाल बेंग्लुरुमा लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरियो

साबिक उपविजेता नेपाल दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । भारतको बेंग्लुरुमा चालू प्रतियोगिताको समूह एमा नेपाल घरेलु टोलीसँग २–० ले पराजित भयो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र महेश सिंहले गोल गरे । लगातार दुई खेलमा पराजित भएसँगै नेपाल एक खेलअघि नै प्रतियोगिताबाट बाहिरियो । पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । 

सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । मालेमा भएको उपाधि भिडन्तमा नेपाल भारतसँग नै ३–० ले पराजित भएको हो । नेपालले साफ च्याम्पियनसिपको फाइनल खेलेको पहिलो अवसर नै यही हो । अब नेपालले मंगलबार पाकिस्तानसँग खेल्ने तालिका छ । लगातार दोस्रो हारसँगै पाकिस्तान पनि एक खेलअघि नै बाहिरिइसकेको छ । दुवै खेलमा हार बेहोरेका नेपाल र पाकिस्तान अंकविहीन छन् । यस खेलसँगै समूह एबाट भारत र कुवेतले सेमिफाइनलमा स्थान बनाए । दुवै टोलीको समान ६ अंक छ । कुवेत र भारतबीचको अन्तिम खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । 

दुवै गोल दोस्रो हाफमा
पहिलो हाफमा भारतलाई रोक्न सफल भएको नेपाल दोस्रो हाफमा भने रक्षापंक्तिको कमजोरीका कारण दुई गोल बेहोर्न पुग्यो । पहिलो हाफमा नेपालले भारतको तुलनामा बलियो प्रदर्शन गरेको थियो । एरिक विष्टले सुनौलो गोल गर्ने अवसर गुमाए । यस्तै, मनीष डाँगी पनि गोल गर्नबाट टाढा रहे । दोस्रो हाफमा भने भारतले सुधारिएको प्रदर्शन गरेको थियो ।

प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले विमल घर्तीमगर, देवेन्द्र तामाङ र आयुष घलानलाई पहिलो एघारमा खेलाएका थिए । गोलकिपर किरणकुमार लिम्बूले नेपालको गोलपोस्ट सम्हाले । रोहित चन्द, सनिस श्रेष्ठ, अनन्त तामाङ र देवेन्द्रले नेपालको रक्षापंक्ति जिम्मेवारी पाए । एरिक विष्ट, लाकेन लिम्बू र अञ्जन विष्टले नेपालको अट्याक र डिफेन्डरलाई साथ दिएका थिए ।

आयुष र मनीष डाँगी विंग्सबाट खेल्दा अग्रपंक्तिको बागडोर विमलले धाने । भारतले खेलको ६१औँ मिनेटमा कप्तान सुनिलको गोलबाट अग्रता लियो । नेपाली रक्षापंक्तिमा रोहित र अनन्तलाई बिट गर्दै सुनिलले सहज गोल गरे । ७०औँ मिनेटमा महेशले गोललाइनबाट गोल गर्दै भारतको सहज जित निकाले । पहिलो खेलमा भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो । 

सीमान्तको डेब्यु 
रक्षक सीमान्त थापाले राष्ट्रिय फुटबल टोलीका लागि डेब्यु गरेका छन् । भारतविरुद्ध प्रशिक्षक अल्बेर्टाेले सीमान्तलाई खेलको ६८औँ मिनेटमा रक्षक सनिस श्रेष्ठको स्थानमा मैदान प्रवेश गराएका थिए । यसअघि, फिलिपिन्सविरुद्ध रक्षक विमल पाण्डे र मिडफिल्डर लाकेनले डेब्यु गर्दा सीमान्तले तीन खेलपछि डेब्यु अवसर पाएका हुन् । जावलाखेल युथ क्लबका कप्तान सीमान्तले लिगमा २२ खेल सुरुवाती रोजाइमा खेलेका थिए । 

कुवेतले पाकिस्तानलाई हरायो
पहिलोपटक साफ च्याम्पियनसिपमा सहभागी भएको आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई ४–० ले हराउँदै सेमिफाइनल स्थान बनाएको छ । कुवेतको जितमा मुबारक फानिनीले दुई गोल गरेका थिए । सुल्तान इनिजी र इद रासिदीले समान एक गोल गरे । खेलको दशौँ मिनेटमा इनिजीले गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाए । १७औँ मिनेटमा फानिनीले गोल गर्दै कुवेत २–० ले अगाडि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा फानिनीले व्यक्तिगत दोस्रो गोल गरे । ६९औँ मिनेटमा रासिदीले कुवेतका लागि चोथो गोल गरे ।