१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भारतलाई जित्नैपर्ने दबाबमा नेपाल

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५९:oo

साफ च्याम्पियनसिपमा आठपटक नेपालले भारतसँग खेल्दा एक खेलमा मात्र जित निकालेको छ  

साबिक विजेता भारत र उपविजेताले नेपाल १३औँ दक्षिण एसियाली (साफ) च्याम्पियनसिप २०२३ को समूह ‘ए’को दोस्रो खेलमा आज प्रतिस्पर्धा गर्दै छन् । बेंग्लोरको श्री कान्तिरभा मैदानमा भारतसँगको प्रतिस्पर्धामा नेपालमाथि चर्को दबाब छ । आयोजक तथा घरेलु टोली भारत तुलनात्मक रूपमा दबाबमुक्त देखिन्छ । प्रतियोगिताको बुधबार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४–० ले हरायो । भारतको जितमा कप्तान सुनील क्षेत्रीले ह्याट्रिक गरेका थिए ।  

भारतविरुद्ध हारले नेपाल एक खेलअघि नै समूहचरणबाट बाहिरिनेछ । बराबरीले नेपालको गणितीय सम्भावना कायम रहनेछ । सन् २०२२ मा माल्दिभ्समा भएको साफ च्याम्पिनसिपको फाइलनमा भारत र नेपालबीच उपाधि भिडन्त भएको थियो । जसमा भारत ३–० ले विजयी भयो । साफ च्याम्पियसिपमा नेपाल पहिलोपटक फाइनलमा पुगेको पनि यही अवसर हो ।  भारत साफ च्याम्पियनसिपमा सात खेलमा अपराजित रहेको छ ।

यति मात्रै होइन, भारतले सातै खेलमा क्लिन सिट राखेको छ । म्यानमार, किर्गिस्तान, भानुआटु, मंगोलिया र लेबनानसँग गोल व्यहोरेको छैन । त्यसैले पनि भारत नेपालविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । यसको ठीकविपरीत नेपाली टोलीमा ठूलो संकट छ । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसको प्रशिक्षणमा नेपाली टोलीले राम्र्रो तयारी पाएका छैनन् । पछिल्लो साफ खेलेका आधा दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया पलायन भएका छन् । पछिल्लो समयसीमा ४० भन्दा बढी नेपाली खेलाडी विदेशमै छन् । सहिद स्मारक लिगमा लगातार खेल्दा खेलाडी थकित देखिन्छन् । 

नेपाले पछिल्लो समय बंगलादेश, पाकिस्तान र लाओसलाई हराउँदा भुटानसँग गोलरहित बराबरी खेलको थियो । कुवेतसँग खेल्नुअघि फिलिपिन्ससँगै मैत्रीपूर्ण खेलमा १–० ले हारेको छ ।  

भारतविरुद्ध नेपाल हेड टु हेडमा समेत निकै कमजोर छ । दुईबीच हालसम्म सबै प्रतियोगितामा गरी २४ खेल भएका छन् । जसमा तीन खेल मात्रै नेपालको पक्षमा छन् । ९० मिनेटभित्र एक खेलमा मात्रै नेपालले नतिजा पाएको हो । साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच कुल आठ खेल भएका छन् । एक खेल नेपालको पक्षमा छ भने भारतको पक्षमा सात खेल छ । नेपालले सन् २०१३ मा भारतलाई काठमाडौंमा हराएको हो । 

पहिलो भेट : भारत १–० नेपाल 
सन् १९९३ जुलाईमा पहिलोपटक सार्क गोल्डकप आयोजना भएको थियो । यही प्रतियोगिता दोस्रो संस्करणबाट साफ च्याम्पियनसिपका रूपमा आयोजना भयो । राउन्ड रोबिन प्रतियोगिताको अन्तिम खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको हो । भारतको जितमा आइएम विजयनले निर्णायक गोल गरेका थिए । यो उपाधि भारतले नै जित्यो । 

दोसो भेट : भारत २–१ नेपाल 
सन् २००५ मा साफ च्याम्पियनसिप पाकिस्तानको कराचीमा भएको हो । समूह बीमा नेपालले पहिलो खेल नै भारतसँग खेल्नुपर्‍यो । भारत २–१ ले विजयी भयो । नेपालका लागि वसन्त थापाले ३८औँ मिनेटमा गोल गरे पनि त्यसअघि नै भारतले दुई गोल गरिसकेको थियो । समूह चरणमा बंगलादेशसँग पराजित नेपालले भुटानलाई हराए पनि नकआउट चरण पार गर्न सकेन । पाँचाैँ संस्करणमा आइपुग्दा भारतले चौथोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । 

तेस्रो भेट : भारत ४–० नेपाल
सन् २००८ जुनमा भएको सातौँ साफ च्याम्पियनसिपको समूह ‘ए’मा नेपालले भारतसँग पहिलो खेलमै प्रतिस्पर्धा गर्‍यो । माल्दिभ्सको मालेमा भारतले नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ४–० को जित निकाल्यो । भारतको जितमा नादुपारम्बिल प्रदीप, भाइचुङ भुटिया, सुनील क्षेत्री, सुशीलकुमार सिंहले गोल गरेका थिए । भुटानलाई हराएपछि समूह चरणबाट माथि बढ्न सकेन । घरेलु मैदानमा भारतलाई हराउँदै माल्दिभ्सले पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि जित्यो । 

चौथो भेट : भारत १–० नेपाल
सन् २००९ डिसेम्बर ढाकामा पनि नेपाल भारतसँग पराजित भएको छ । भारतले युथ टिम पठाउँदा समूह ‘ए’को दोस्रो खेलमा नेपाल १–० ले हार्‍यो । समग्रमा भारतविरुद्ध यो दसौँ हार हो । माल्दिभ्ससँग पहिलो खेलमा १–१ गोलको बराबरी खेलेको नेपाल समूहको अन्तिम खेलमा अफगानिस्तानसँग ३–० ले हार्दै समूह चरणबाट बाहिरिएको थियो । उपाधि भिडन्तमा माल्दिभ्सलाई पेनाल्टीमा हराउँदै भारतले छैटौँपटक उपाधि जितेको हो । 

पाँचौँ भेट : भारत १–२ नेपाल
सन् २०१३ मा साफ च्याम्पियनसिप नेपालले आयोजना गरेको थियो । समग्रमा नेपालले दोस्रोपटक प्रतियोगिता आयोजना गर्दा पनि फाइनलमा स्थान बनाउन सकेन । समूह ‘ए’को खेलमा भारतविरुद्ध २–१ को ऐतिहासिक जित निकाल्यो । नेपालको जितमा जुमनु राई र अनिल गुरुङले गोल गरेपछि पूरा काठमाडौं गुञ्जायमान भएको थियो । समूह चरणमा बंगलादेशलाई २–० र पाकिस्तानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल सेमिफाइलनमा पुग्यो । सेमिफाइनलमा अफगानिस्तानसँग १–० ले पराजित भयो । भारतलाई फाइनलमा हराउँदै अफगानिस्तानले पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । 

छैटौँ भेट : भारत ४–१ नेपाल
सन् २०१५ डिसेम्बरमा भारतको त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिप नेपालका लागि सुखद रहेन । ११औँ संस्करणमा नेपाल, भारत र श्रीलंकासम्मिलित समूह ‘ए’मा नेपालले दुवै खेलमा हार व्यहोर्‍यो । पहिलो खेलमा श्रीलंकासँग १–० र दोस्रो खेलमा भारतसँग ४–१ ले हार व्यहोर्‍यो । प्रशिक्षक प्याट्रिक आजेम्सले प्रशिक्षणमा विमल घर्तीमगरले एक गोल फर्काएपछि पर्याप्त भएन । अफगानिस्तानलाई पेनाल्टीमा पराजित गर्दै भारतले सातौँपटक साफ च्याम्पियनसिपको उपाधि जित्यो । 

सातौँ भेट : नेपाल ०–१ भारत
सन् २०२१ माल्दिभ्समा अक्टोबरमा साफ च्याम्पियनसिप भयो । १३औँ संस्करणको यो प्रतियोगितामा पाँच राष्ट्र सहभागी हुँदा राउन्ड रोबिनका आधारमा प्रतियोगिता आयोजना भयो । मालेमा समूहको चौथो खेलमा नेपाल र भारतबीच खेल थियो । खेल सकिन आठ मिनेट बाँकी रहँदा कप्तान सुनीलले भारतका लागि विजयी गोल गरे । भारत विजेता र नेपाल उपविजेता हुँदै फाइनलमा स्थान बनाएका हुन् । 

आठौँ भेट : भारत ३–० नेपाल 
माल्दिभ्समा १६ अक्टोबरमा भएको साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपाधि भिडन्तमा नेपाल र भारत प्रतिस्पर्धा गरेका थिए । नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको इतिहासमा फाइनल पुगेको थियो । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र स्ट्राइकर अञ्जन विष्ट रातो कार्डका कारण उपलब्ध भएनन् । भारतले खेल एकपक्षीय राख्दै ३–० ले जित्न सफल भयो । भारतको यो साफको आठौँ उपाधि हो । भारतको जितमा कप्तान सुनील क्षत्री, सुरेशसिंह वाङजाम र साहल अब्दुल समादले समान एक–एक गोल गरेका थिए । 

ad
ad