१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चार खेल पत्रकारलाई एनओसी अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:५२:oo

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक दिवसका अवसरमा शुक्रबार लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको हलमा विविध कार्यक्रम आयोजना गरेको थियो ।एनओसीले ओलम्पिक डेको अवसरमा विभिन्न व्यक्तित्वलाई एनओसी अवार्ड प्रदान गरेको छ ।

दोस्रो संस्करणको एनओसी अवार्डको प्रिन्टतर्फ गोरखापत्रका प्रजित शाक्य वर्षको उत्कृष्ट पत्रकार बनेका छन् । यसैगरी, भिजुअलतर्फ नेपाल टेलिभिजनका प्रज्ज्वल शाक्य उत्कृष्ट भए । एनओसीको फोटो अवार्डमा सुनीता डंगोल उत्कृष्ट भइन् । मल्टी मिडियामा शिलापत्रका सरोज तामाङ उत्कृष्ट भएका छन् । 

एनओसीले पुरुषतर्फ उत्कृष्ट एथ्लेटिक्स खेलाडीमा दीपक अधिकारीलाई अवार्ड प्रदान गरेको छ । यसैगरी, महिलातर्फ तेक्वान्दोकी सिर्जना घिसिङले अवार्ड पाएकी छिन् । उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका कविराज नेगी तथा उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड टेनिसकी रेनुदेवी कोन्डुले थापेकी छिन् ।

उत्कृष्ट संघमा नेपाल बक्सिङ संघ चुनिएको छ । यसअघि, ओलम्पिक डेमा बक्सिङ, फेन्सिङ, तेक्वान्दो, उसु, जुडो र कराँतेका खेलाडीले प्रदर्शनीमा खेल प्रस्तुत गरेका थिए । 

ad
ad