१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

क्रेडिट रेटिङ विज्ञहरूले गरेका हुन्, उद्योगले प्रभाव पारेको छैन : घोराही सिमेन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५१:oo

घोराही सिमेन्ट इन्डष्ट्रीले आफ्नो व्यावसायिक प्रतिष्ठामा नकारात्मक असर पुर्‍याउने उद्देश्यले भ्रमपूर्ण र गलत सूचना प्रवाह गरिएको दाबी गर्दै ध्यानाकर्षण भएको जनाएको छ।

कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आइपिओ निष्कासनको अनुमति लिँदा पेस गरेका विवरणपत्र, वित्तीय विवरण, क्रेडिट रेटिङ प्रतिवेदनलगायतका सबै कागजातको जिम्मेवारी लिन तत्पर रहेको बताएको छ। क्रेडिट रेटिङ प्रक्रिया विषयविज्ञहरूको विश्लेषण र मूल्यांकनबाट हुने भएकाले सो प्रक्रियामा आफूहरूले प्रभावित पारेको भन्ने कुरामा सत्यता नभएको कम्पनीको दाबी छ।

‘क्रेडिट रेटिङ प्रक्रिया विदेशका विषयविज्ञहरूको विश्लेषण र मूल्यांकनबाट हुने भएकाले उद्योग प्रवर्द्धकहरूका तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरामा कुनै सत्यता छैन। धितोपत्र बोर्डले सम्बन्धित क्रेडिट रेटिङ कम्पनीबाट व्यहोरा जानकारी लिने तथा झुटा आवेदनको सम्बन्धमा कानुनबमोजिमको प्रक्रिया अवलम्बन गरी तत्काल नै रोकिन गएको सेयरको सार्वजनिक निष्कासनको प्रक्रिया सुरु  गर्नेमा उद्योग विश्वस्त छ,’ विज्ञप्तिमा भनिएको छ।