१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२२:oo

लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ। २८औँ पटक विश्वकाे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी आफ्नो नाम पुनः गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा लेखाउन सफल भएकामा  बैंकले शुक्रबार कदरपत्रसहित सम्मान गरेको हो।

बैंकका अध्यक्ष चिन्तामणि भट्टराईले विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा एक कार्यक्रमबीच उनलाई सम्मानपत्र प्रदान गरे। शेर्पाले लुम्बिनी विकास बैंकको लोगोअंकित ब्यानरसहित २८औँ पटकको आरोहण गरेका थिए।

दुई दशकदेखि आफूहरूसँग ‘निरन्तर सहयात्री’ बनी आबद्ध भएका शेर्पाको साहसिक कार्यले गौरवान्वित बनाएको लुम्बिनी विकास बैंकले जनाएको छ।

ad
ad