Skip This
चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गरिहालौँ : सांसद केसी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ८ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार ८ शुक्रबार १६:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गरिहालौँ : सांसद केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ८ शुक्रबार १६:४२:oo

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचारका काण्डहरूको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले कुन मितिदेखिको भ्रष्टाचारको छानबिन गर्ने भन्ने विषयमा सर्वदलीय सहमति बनाएर छानबिन प्रारम्भ हुनुपर्ने धारणा राखे। छानबिनका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गर्नुपर्नेमा  उनले जोड दिए।

‘यो देशमा चर्चित भएका ८–१० वटा भ्रष्टाचारका काण्डहरू, जुन काण्डमा प्रतिपक्ष हुँदा देशभरि ठुल्ठूला भाषण गरेर त्यसका विरोधमा बोल्दाखेरि धेरै ताली लिए, ती भ्रष्टाचार काण्डहरू अहिले कहाँ गए ? वाइडबडीदेखि लिएर ३३ केजी सुनसम्म ? त्यसलाई सर्वदलीय सहमति गरेर, कहिलेदेखिको गर्ने समयसीमा गरोस् सरकारले। तर सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी रूपबाट शक्तिसम्पन्न आयोग गठन गरेर यी चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन हामी गर्न सक्छौँ कि सक्दैनौँ ?’ केसीले प्रश्न गरे।