Skip This
निजगढ विमानस्थलको साइट क्लियरिङ आगामी आर्थिक वर्षभित्रै सक्छौँ : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ८ शुक्रबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o असार ८ शुक्रबार १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजगढ विमानस्थलको साइट क्लियरिङ आगामी आर्थिक वर्षभित्रै सक्छौँ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ८ शुक्रबार १२:३३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष ०८०/८१ भित्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको उनको भनाइ छ। रेलसेवा सञ्चालन गर्ने कुरामा पनि सरकार सकारात्मक रहेको प्रधानमन्त्रीले बताए।

‘राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य प्राथमिकता आयोजनाहरूको जग्गा अधिकरण, मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको छ । आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायहरूमार्फत सम्बोधन गरिनेछ । अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेको विषयमा नेपाल सरकारको गहिरो ध्यान छ,’ उनले भने।