१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
संजित परियार काठमाडाैं
२०८० असार ८ शुक्रबार ११:५३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मुहार फेरिएको बागमती करिडोर (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०८० असार ८ शुक्रबार ११:५३:००

काठमाडौं र ललितपुरको सिमाना बनेर बगेको बागमती खोला किनार कुनै समय हिँड्नै नसकिने थियो । फोहोरका थुप्रा, पानी भरिएका सडकका खाल्डा अनि असुरक्षित लाग्ने ती करिडोरको मुहार अहिले फेरिएको छ । सौन्दर्यकरणपछि अहिले थापाथलीदेखि बल्खुसम्मको करिडोर निकै मनमोहक देखिन्छन् ।

करिडोर दुवैतर्फ पर्खाल बनाएर मानिसहरूलाई बिहान बेलुकी जगिङ र शीतलमा बस्नका लागि सहज बनाइदिएको छ। सार्वजनिक शौचालय, बस्नका लागि विश्रामस्थल, सोलार बिजुली अनि ढुंगा छापिएका पैदल मार्गले मानिसहरूलाई समय बिताउने उपयुक्त स्थान करिडोर क्षेत्र बनेका छन् ।

सुरुवाती समयमा ललितपुर महानरपालिकाले मात्रै आफ्नो क्षेत्रमा पर्ने करिडोरलाई सौन्दर्यीकरण गरेकोमा पछिल्लो समय काठमाडौं महानगरपालिकाले पनि यसलाई अग्रता दिएको छ । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :