१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ७ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ७ बिहीबार १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालेनलाई तत्काल कारबाही नगर्न प्राधिकरणकाे नाममा उच्चको अल्पकालीन अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ७ बिहीबार १८:५५:oo

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि तत्काल कारबाही प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश धीरबहादुर चन्दको इजलासले नागरिक उड्डयन प्राधिकरणको नममा बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गरको हो।

प्राधिकरणले मागेको स्पष्टीकरण नबुझाएका आधारमा मेयर साहमाथि कारबाही प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिँदै साहले मागेको अन्तरिम आदेशको छलफलका लागि आगामी मंगलबार दुवै पक्षलाई बोलाएको छ।

काठमाडौं महानगरपालिका–९ मा नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सा पास नभएको भन्दै नगर प्रहरीले फेन्सिङ तार काटेको थियो। विमानस्थल क्षेत्रमा प्रवेश गरी फेन्सिङ तार काट्नु नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ विपरीत रहेको भन्दै प्राधिकरणले मेयर साहसँग स्पष्टीकरण मागेको थियो।

प्राधिकरणको स्पष्टीकरण-पत्र कार्यान्वयन नगर्न माग गर्दै मेयर साह उच्च अदालत गएका थिए।