मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
तस्बिर : गंगा दाहालको फेसबुकबाट ।
नयाँ पत्रिका काठमाडाैं
२०८० असार ७ बिहीबार ०९:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजवादी मोर्चालाई प्रभावकारी बनाउन प्रचण्ड र विप्लवबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असार ७ बिहीबार ०९:०३:००

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि छलफल भएको सचिवालयले जनाएको छ ।