१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि पहल गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o२:oo

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरूले जागरुकता देखाउनुपर्ने बताएका छन्। 

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान अवतरण गरिसकेपछि आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले उडान नियमित रूपमा गर्न सके मात्रै पर्यटन प्रवर्द्धन हुने बताए। उनले आजको खुसियालीलाई नियमित रूपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रीय सरकार, प्रदेश सरकार र मित्रराष्ट्रहरूले साझा प्रयत्न गर्न आवश्यक रहेको उल्लेख गरे। 

उनले पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरूले कान ढालेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने उल्लेख गरे। भारतसँग जमिनको खुला सिमाना भएजस्तै आकाशमा पनि खुला सिमाना बनाउनेतर्फ सोच्नुपर्ने उनको भनाइ थियो। 

उनले आकाश खुला भए आवातजावतमा पनि सहज हुने बताए। नेपाल चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसके पनि नेपालले भने अहिलेसम्म कुनै चासो नदेखाएको उनको भनाइ थियो।