१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३१:oo

समुद्री सतहबाट ४,३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड बौद्ध र हिन्दू समुदायको प्रसिद्ध तीर्थस्थल हो । गोसाइँकुण्ड पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रसिद्ध गन्तव्यमध्ये एक हो । जहाँ पदयात्रा गर्दा लाङटाङ, लिरुङ, गङ्चेन्पो, नयाँ खाङ, याला पिक, गणेश हिमाल, मनास्लु हिमाललगायत विभिन्न हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न पाइन्छ । रातो पान्डा, हिमालयन थार, हिमाली भालु, कस्तुरी मृग, हिमाली बाख्रा, हिउँचितुवासहित गुराँस, अर्किड, म्याग्नोलिया, धुपी र अन्य धेरै प्रजातिका वनस्पति तथा वन्यजन्तु देखिन्छ । 

कसरी पुग्ने ?
गोसाँइकुण्ड पुग्न धुन्चे हुँदै यात्रा गर्नुपर्छ । काठमाडौं उपत्यकाबाट धुन्चे करिब ११७ किलोमिटर दूरीमा छ । ककनी, गुर्जे भञ्ज्याङ वा गल्छीको बाटो त्रिशूली बजार, कालिकास्थान, रिम्चे हुँदै धुन्चे पुग्न सकिन्छ । यहाँ वास बस्नका लागि धेरै व्यवस्थित होटेलहरू छन् । भोलिपल्ट, धुन्चेबाट घना जंगल, विभिन्न वनस्पति र जीवजन्तुहरूको अवलोकन गर्दै घट्टेखोला, देउराली, डिम्साको ठाडो उकालो हुँदै सिंगोन्पा पुगेर वास बस्न सकिन्छ । 

सिंगोन्पाबाट करिब डेढ घन्टाको पैदलयात्रापछि चोलाङपाटी पुग्न सकिन्छ । चोलाङपाटीबाट फेरि ठाडो उकालो लाग्दै झन्डै दुई घन्टापछि लौरीविना पुगिन्छ । लाङटाङ, लिरुङ, गणेश हिमाल, मनास्लु हिमाल र विभिन्न हिमशृंखलाको मनोरम दृश्य देख्न सकिन्छ । त्यसपश्चात् बुद्धडाँडा हुँदै दुई–तीन घन्टा पैदलयात्रापछि सरस्वती कुण्ड, भैरव कुण्ड र केही समयपछि मनमोहक गोसाइँकुण्ड ताल पुगिन्छ । 

ad
ad