१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आरतीका हत्या अभियुक्त श्रीमान् र ससुरा पुर्पक्षका लागि कारागार चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४१:oo

जनकपुरकी आरती साहको हत्या आरोपमा पक्राउ परेका श्रीमान् र ससुरालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले सो आदेश दिएको हो।

पीडितको तर्फबाट सरकारी वकिल सुदीप दंगाल, वरिष्ठ अधिवक्ता चन्द्र शर्मा मैनाली तथा अधिवक्ताहरू इन्द्रप्रसाद अर्याल, रिंकुकुमारी यादव र राधा कुमारीले बहस गरेका थिए।

जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोकस्थित आफ्नै घरमा आरती मृत फेला परेपछि माइती पक्षले श्रीमानसहित परिवारका सबै सदस्यले मिलेर हत्या गरेको आरोप लगाएका थिए। यता धनुषा प्रहरीले श्रीमान् र ससुरा दुईजनाको नाम मात्र जाहेरीमा ल्याए दर्ता गर्ने बताएपछि जाहेरीमा दुईजनाको नाम मात्र उल्लेख गरिएको मृतक आरतीका मामा सन्तोष साहले बताए। सासू र देवरसमेत हत्यामा संलग्न रहे पनि प्रहरीले उनीहरूको नाम जाहेरीमा समावेश गर्न नमानेको उनले बताए।

पीडित पक्ष काठमाडौंस्थित माइतीघर मण्डलामा धर्नामा छ। अत्यामा संलग्न परिवारका अन्य सदस्यसँगै एसपी, डिएसपी र सुरक्षागार्डसमेतलाई कारबाही नगरे धर्ना जारी राख्ने उनीहरूको चेतावनी छ।