मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
२०८० असार ४ सोमबार ०७:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मनोहरामा दिसाजन्य फोहोर फाल्नेलाई ५० हजार जरिवाना

Read Time : < 1 मिनेट
२०८० असार ४ सोमबार ०७:०९:००

 उपत्यकाका विभिन्न ठाउँको सेफ्टी ट्यांकी सफा गरी जम्मा गरेको दिसाजन्य फोहोर ल्याएर ललितपुर महानगरपालिकाको च्यासलस्थित मनोहरा खोलामा फाल्ने दुईवटा कन्टेनरलाई महानगरले ५० हजार जरिवाना गरेको छ । बा.३ख २८० र बा.३ख ९४०३ नम्बरको कन्टेनरलाई महानगरले दण्ड–जरिवाना तिराएको हो ।

महानगरको फोहोर व्यवस्थापन ऐन, ०७५ अनुसार जरिवाना तिराइएको महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए । २४ जेठमा नगर प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो । दुर्गेश तामाङले खोलामा फोहोर फालेर पैसा उठाउँदै आएको जानकारी पाएपछि नगर प्रहरीको टोलीले कारबाही गरेको हो ।

फोहोर फाल्न तामाङले खोलाको नजिकै बाँस पाइने ठाउँ भनेर बोर्ड राखी त्यसको भित्रपट्टिबाट ढल पाइप हुँदै फोहोर खोलामा मिसाउँदै आएका थिए । त्यसबापत प्रतिकन्टेनर पाँच सय रुपैयाँ लिएर तामाङले खोलामा सेफ्टी ट्यांकीको फोहोर फाल्न दिने गरेको हाछेथूले जानकारी दिए ।