१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम समयमै सक्न मन्त्री ज्वालाको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:o९:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तारको काम समयमै सक्न निर्देशन दिएका छन् । शनिबार सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले निर्धारित समयमै काम सक्न निर्देशन दिएका हुन् ।

उनले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्नेलाई दण्डित गर्ने पनि बताए । ‘यो सडक काठमाडौं उपत्यका छिर्ने प्रमुख नाकामध्ये एक हो । निर्माण कार्य समयमै सम्पन्न गरेर जनतालाई सुविधा दिनुपर्छ । काममा ढिलासुस्ती नहोस्,’ ज्वालाले भने । 

अहिले उक्त सडक खण्ड विस्तारको काम भइरहेको छ । मन्त्री ज्वालासहित सडक विभागका महानिर्देशक तथा अन्य विभिन्न विभागका प्रमुख अनुगमनमा गएका थिए । सूर्यविनायकदेखि काभ्रेको साँगा र साँगादेखि धुलिखेलसम्म दुई खण्डमा विभाजन गरी सडक विस्तारको ठेक्का लगाइएको छ । सडक खण्डमा हाल दुवैतर्फ वाल लगाउने काम भइरहेको छ । 

करिब ८ अर्ब ४२ करोड लागतमा निर्माण भइरहेको यो सडकमा तीन स्थानमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्राविधिक माधव पौडेलले जानकारी दिए । गत वर्ष सुरु भएको काम तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । यो सडकमा २० मिटरको मुख्य,  दायाँबायाँ ५/५ मिटरको सर्भिस लेन र २.५ मिटरको पैदल मार्ग रहने बताइएको छ।

ad
ad