१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १ शुक्रबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १ शुक्रबार १४:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट वर्गीय, क्षेत्रीय र लैंगिक उत्पीडन अन्त्य गर्ने खालको हुनुपर्छ : सांसद पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १ शुक्रबार १४:o६:oo

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले वर्गीय, क्षेत्रीय र लैंगिक उत्पीडन अन्त्य हुने गरी बजेट आउनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद पौडेलले बजेट सबै क्षेत्रमा समान रूपमा आउनुपर्ने बताए।

आफूहरू वर्गीय, क्षेत्रीय, लैंगिक उत्पीडन अन्त्य हुने गरी राज्यको अग्रगामी पुनर्संरचना गर्नुपर्ने पक्षमा रहेको भन्दै सांसद पौडेलले त्यस्ता उत्पीडनको अन्त्य हुने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए। मन्त्रीले दुई–चारवटा बजेट हाल्नु स्वाभाविक भए पनि देख्न र हेर्नै नसक्नेगरी एक क्षेत्रमा मात्रै बजेट हाल्न नहुने उनले प्रस्ट पारे।

‘वर्गीय, क्षेत्रिय, लिंगीय उत्पीडनको अन्त्य हुने गरी राज्यको अग्रगामी पुनर्संरचना भनेका छौँ । अनि एउटै क्षेत्रमा बजेट हाल्ने ! मन्त्री भइसकेपछि दुई–चारवटा बजेट हाल्नुभएकोमा तपाईंलाई जनताले भन्छन् स्वागतयोग्य कुरा हो । तर, देख्नै नसकिने गरी नगरिदिनु होला । त्यसो गरे क्षेत्रीय रूपमा उत्पीडनमा परेका भूगोल, उत्पीडनमा परेका ठाउँहरू अन्यायमा पर्छन्,’ उनले भने, ‘अन्याय नसहने भनेर यो संविधान बनाएको हो नि । फेरि यो प्रणालीमा आएर पनि कुनै क्षेत्रका जनतालाई अन्याय गर्‍याैँ भने त राम्रो हुँदैन नि।’