१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नतिजा नआउँदै आयोजना गरिएको शैक्षिक मेला महानगरद्वारा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:५९:oo

एसइई तथा कक्षा १२ को रिजल्ट नआउँदै विभिन्न निजी विद्यालयहरूलाई सहभागी गराई भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरले बन्द गरेको छ।

मेयर बालेन्द्र साहको निर्देशनपछि नतिजा नआउँदै विद्यार्थी र अभिभावक प्रलोभनमा पार्न तथा तान्नका लागि गरिएको मेला बन्द गरिएको महानगरले जनाएको छ। पछिल्लो समय महाननगरले सामुदायिक विद्यालय सुधार र निजी विद्यालयलाई नियमन गर्न थालेको छ।

हरेक वर्ष शैक्षिक मेलाको नाममा विद्यार्थीबाट चर्को शुल्क लिने र नतिजाअगावै भर्ना तथा बुकिङ गर्ने निजी विद्यालयमा महानगरले निगरानी पनि बढाएको महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताए। उनका अनुसार नतिजा नआउँदै यस्तो गर्न पाइँदैन।

ad
ad