१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३२ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ३२ बिहीबार १२:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक : सभामुख घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ३२ बिहीबार १२:o४:oo

सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताएका छन्। बिहीबार कान्तिपुर हिसान एडुफेयरको आठौँ संस्करणको उद्घाटन गर्दै उनले अहिले संसद् चालू रहेकाले सरकारले छिट्टै संघीय शिक्षा ऐन ल्याउने आशा व्यक्त गरे।

नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भूमिका निर्वाह हुनुपर्ने उनको भनाइ छ। सभामुख घिमिरेले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्वविद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरू आए पनि व्यवहारमा लागू गर्न अझै केही समस्या रहेको उल्लेख गरे।

‘नेपालको शिक्षाले विदेशी विद्यार्थीलाई तान्न सक्छ । यसबाट नै हामीले प्रयोगशाली राष्ट्र बनाउन सकिन्छ । तर, त्यसअनुसार आज अघि बढ्न सकिरहेका छैनौँ । पढेलेखेका विद्यार्थी देशमा राम्रोसँग अघि बढ्न सकेका छैनन्, एसइई दिइसकेपछि विदेशका लागि प्रयास गर्ने क्रम बढिरहेको छ,’ उनले भने।