१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

युएईसँगको श्रम सम्झौता नवीकरण, घरेलु श्रमिक खोल्न युएईको जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३२:oo

नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ । नेपाल र युएईका उच्च श्रम अधिकारीहरूबीच काठमाडौंमा आज भएको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको हो । नेपाल र युएईबीच पहिलोपटक चार वर्षअघि श्रम सम्झौता भएको थियो । 

त्यसयता उच्चस्तरीय संयुक्त समितिले हरेक वर्ष दुई देशबीचको श्रम सम्झौता नवीकरण गर्दै आएको छ। अघिल्लो वर्ष गरिएको सम्झौताको म्याद आज सकिँदै थियो । 

संयुक्त बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख सहसचिव राजीव पोखरेलले नेतृत्व गरेका थिए । युएईको तर्फबाट समकक्षी अब्दुल्लह अली अलनुयमीले नेतृत्व गरेका थिए ।

बैठकमा युएईले नेपालले प्रतिबन्ध लगाउँदै आएको घरेलु कामदार खुलाउने विषयमा विशेष चासो राखेको थियो । आफूहरूले घरेलु श्रमिकको सुरक्षाका लागि नीतिगत सुधार गरेकोले नेपाललाई घरेलु श्रमिक पठाउन यूएईले आग्रह गरेको थियो । 

युएईले तीन वर्षअगाडि नै घरेलु श्रमिक पठाउन प्रोटोकलमा गरिएको सहमतिलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।

‘युएईले घरेलु श्रमिक पठाउने नीतिलाई कार्यान्वयन गर्न जोड दिएको थियो । त्यसको लागि घरेलु श्रमिकलाई तालिम दिन सहयोग गर्न तयार रहेको पनि बताएको छ,’ बैठकमा सहभागी एक नेपाली अधिकारीले भने, ‘उच्चस्तरीय छलफलपछि कूटनीतिक माध्यमबाट जानकारी गराउने अवगत गरायौँ।’ 

बैठकमा नेपालले श्रम सम्झौताको प्रभावकारी कार्यान्वयनको पक्षलाई जोड दिएको थियो । सेवा शुल्क र दोहोरो करारपत्रको अन्त्यको विषयलाई उठाएको थियो । त्यसमा सहजीकरण गर्न युएई सकारात्मक बनेको ती अधिकारीको भनाइ छ । 

बैठकमा युएईले रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आए कामदारले वैकल्पिक रोजगारीको खोजी गर्न सक्ने व्यवस्था गरिएको जानकारी गराएको थियो । 

‘श्रमिक रोजगारविहीन भए तीन महिनासम्मको बेरोजगार भत्ता पाउने गरी श्रमिकको अनिवार्य २४ घण्टाको बिमा नीति लागू गरिएको जानकारी बैठकमा युएई पक्षले गरायो,’ उनले भने ।