Skip This
बेइजिङ एयरपोर्टमा दुई घन्टा रोकिए मेसी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३१ बुधबार
  • Saturday, 27 July, 2024
२o८o जेठ ३१ बुधबार o७:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बेइजिङ एयरपोर्टमा दुई घन्टा रोकिए मेसी

भिसा प्रक्रिया पूरा नगर्दा विश्व च्याम्पियन मेसी बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका हुन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ३१ बुधबार o७:o४:oo

अर्जेन्टिनी कप्तान लियोनल मेसी दुई घन्टा बेइजिङ अन्तर्राष्ट्रिय एयरपोर्टमा रोकिएका छन् । बेइजिङको वर्कर्स रंगशालामा १५ जुनमा अर्जेन्टिना र अस्ट्रेलियाबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै छ । यसै मैत्रीपूर्ण खेलमा सहभागी हुन मेसी बेइजिङ पुगेका हुन् । उनले विमानस्थलमा अर्जेन्टिना र स्पेनका राहदानी देखाएका थिए । बेइजिङ विमानस्थलमा पुगेलगत्तै उनलाई चिनियाँ प्रहरीले नियन्त्रणमा लिए । 

मेसीले चीनको भ्रमणमा स्पेनको राहदानी देखाएका थिए । चीनमा स्पेनको राहदानीमा अनिवार्य भिसा लाग्नुपर्छ । स्पेनको राहदानीका साथ चीनको भ्रमण गर्दा भिसा प्रक्रिया पूरा गर्नुपर्छ । विनाभिसा प्रवेश दिइनेछैन । तर, विश्व च्याम्पियन अर्जेन्टिनी कप्तान मेसीले स्पेनको राहदानीमा भिसा लागेको छाप देखाउन सकेनन् । 

यही कारण चिनियाँ प्रहरीले मेसीलाई विमानस्थलमै रोकेका हुन् । आधा घन्टापछि यो विवादको हल खोजिएको थियो । उनले इन्ट्री भिसा पाएपछि विमानस्थलबाट बाहिर निस्किए । स्पेनको राहदानीमा विनाभिसा ताइवानमा प्रवेश गर्न सकिन्छ । मेसीले ताइवानलाई चीनकै भूभाग रहेको सम्झेका थिए । यसै कारण उनले भिसाका लागि निवेदन नै दिएनन् । 

यो घटनना १० जुनको हो । सोसल मिडियामा चार दिनअघिको घटना भिडियोसहित सार्वजनिक भएको हो, जुन अहिले भाइरल भइरहेको छ । भिडियोमा मेसीलाई चिनियाँ पुलिसले हिरासतमा लिएजस्तो देखिन्छ । फुटबल करिअरमा मेसी सातौँपटक चीनको यात्रामा छन् ।