१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनयुद्धमा सामेल नभएकाहरूले प्रचण्डविरुद्ध मुद्दा हाले, प्रतिवाद गर्छौं : देवेन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा हालेको बताएका छन्।

सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरूले मुद्दा हालेकाे आरोप लगाए। माओवादीका विरुद्धमा मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसक्ने उनको दाबी छ। 

‘शान्ति प्रक्रियासित सम्बन्धित विषयमा देश निकै गम्भीर भएर हामी लामो कालखण्ड पार गरेर आएका छौँ। शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु हामी सबैको कर्तव्य र दायित्व हो। तर, दुर्भाग्य एकथरी तत्वहरूले यो वा त्यो बहानामा निरन्तर विभिन्न पक्षहरूलाई प्रयोग गर्ने, उचाल्ने र सत्य, निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसँग सम्बन्धित कानुन बनाएर कानुनद्वारा हल गर्नेतिर भन्दा पनि शान्ति प्रक्रिया भाँड्नेतिर अगाडि बढिराखेका छन्। हामी गम्भीरतापूर्वक त्यसप्रकारका प्रवृत्ति, तत्व, व्यक्ति र संस्था जोसुकै भए पनि खबरदारी गर्न चाहन्छौँ। किनभने यो राज्यको साझा समस्या हो,’ उनले भने।

सचिव पौडेलले सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाँड्ने क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे। प्रचण्डलाई मनोवैज्ञानिक तनाब दिनका लागि मुद्दाको प्रसंग निकालिएको भन्दै उनले यसको वैचारिक र सैद्धान्तिक रूपले प्रतिवाद गर्ने बताए।