Read Time : < 1 मिनेट
२०८० जेठ २९ सोमबार ०८:५९:००
बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ७ बजेर ३८ मिनेटमा ४.४ रेक्टरको भूकम्पको धक्का महसुस गरिएको हो ।
बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।