१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २८ आइतबार १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेटकै कारण सरकार ढल्दैन : माधव सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार १७:३८:oo

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन्। सत्तारुढ दलहरूले नै बजेटको विरोध गरिरहेका वेला उनले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिएका हुन्। 

आइतबार संघीय संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटका विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढने बताए। 

‘आपसी संवादका माध्यमबाट भारतसँग हाम्रा असमझदारीका कुराहरू हल गरिनुपर्छ। समाधान गरेर जानुपर्छ। भारतले जे गर्‍यो, त्यो गलत नै गरेको छ। आजको विश्व प्रतिस्पर्धामा त्यसलाई विचार गरेर, वरपरका सबै छिमेकीहरूलाई विश्वासमा लिएर जाने गरी विशाल हृदयका साथ भारत अगाडि बढनुपर्छ। सरकार ढल्दैन। बजेट र त्यसमा पनि विनियोजनको बारेमा सत्तागठबन्धनभित्र केही गुनासाहरूको विषय छलफलमा छ। मलाई लाग्छ, यो बैठकमा अन्तिमसम्म जाँदाखेरी गठबन्धनभित्र छलफल गरेर यसको हल हुन्छ।’