१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २८ आइतबार १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट निर्माणमा कहाँ चुक्यौँ भनेर सरकारले समीक्षा गर्नुपर्छ : गोकर्ण विष्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार १४:५८:oo

नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरूको जिल्लामा केन्द्रित भएको आरोप लगाएका छन्। 

उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८०/८१ बजेट जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भनेजस्तै रहेको टिप्पणी गरेका हुन्। 

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा प्रस्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने दाबी गरे। बजेट औपचारिकतामा मात्रै सीमित भएको बताउँदै उनले आमनागरिकका लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विस्मातजस्तै भएको टिप्पणी गरे।

उनले अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्ला नुवाकोट, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेल्धुरामा देशको सम्पूर्ण स्रोतसाधन प्रयोग हुनु राम्रो नभएको बताए।

उनले बजेट निर्माणमा कहाँ चुक्यौँ भनेर सरकारले समीक्षा गर्नुपर्ने बताउँदै उनले राज्यको भूमिका झनै कमजोर बनिरहेकाले सरकारले मुलुकको विशेषतामा आधारित अर्थनीति अपनाउनु पर्ने अवस्था आएको उनले औँल्याए।

सामान्य अवस्थामा रहेका जनतालाई आलु, प्याजलगायत कृषिजन्य वस्तुमा लगाएको करले चुनौती पैदा गरेको उनले बताए। आगामी आर्थिक वर्षमा ११ प्रतिशतसम्म मूल्यवृद्धि पुग्ने संकेत गर्दै उनले भने, ‘वर्तमान सरकार न्यून आय भएका गरिब जनताप्रति संवेदनशील छैन। सरकारले जनताको संरक्षण र सामाजिक न्यायको भूमिका निर्वाह गर्नुपर्ने भए पनि भोजन मागेका जनतालाई सरकारले महँगी दिएको छ। वर्तमान गठबन्धन सरकारले ल्याएको बजेट गरिबका लागि होइन।’