१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Friday, 09 May, 2025
२o८o जेठ २८ आइतबार ११:४१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

लेखनाथ हाफ म्याराथनको उपाधि बस्नेतलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार ११:४१:oo

पोखराको लेखनाथमा शनिबार सम्पन्न लेखनाथ हाफ म्याराथन २०८० को उपाधि रामजी बस्नेतले जितेका छन्। ‘तालदेखि तालसम्म’ भन्ने नाराका साथ सम्पन्न म्याराथनको निर्धारित २१ किलोमिटर दूरी एक घन्टा १३ मिनेट ३३ सेकेन्डमा पूरा गदै बस्नेतले उपाधि जितेका हुन्।

एक घन्टा १४ मिनेट दुई सेकेन्डमा दूरी पूरा गर्दै मोहनदेव जोशी दोस्रो र अनिष गुरुङ एक घन्टा १८ मिनेट आठ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए। लेखनाथ रंगशालाबाट सुरु म्याराथन लेखनाथका विभिन्न ठाउँको परिक्रमापछि बेगनास ताल किनारा हुँदै पुनः रंगशालामा आएर सम्पन्न भएको थियो।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगितामा म्याराथनसँगै चार विधाका दौडहरू भएका थिए। जसअन्तर्गत महिलातर्फ खुला १० किलोमिटर दौडको दूरी एक घन्टा ६ मिनेट ३७ सेकेन्डमा पूरा गर्दै पूर्णलक्ष्मी न्यौपाने प्रथम भइन्।

एक घन्टा सात मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै आशा राउत दोस्रो र एक घन्टा आठ मिनेट १६ सेकेन्डमा दूरी पूरा गर्दै सुमित्रा चौधरी तेस्रो भइन् । म्याराथन र महिला १० किलोमिटरतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसँगै मेडल र प्रमाणपत्र पुरस्कार पाएका आयोजक समितिका अध्यक्ष दीपकबहादुर गोदारले
जानकारी दिए।

म्याराथनमा विजेता तीनजनालाई लेखनाथ उद्योग वाणिज्य संघले प्रोत्साहनबापत १०–१० हजार नगद प्रदान गरेको थियो। म्याराथनमा सहभागी खेलाडीमध्ये पोखराका चेतनाथ चालिसे पोखरा च्याम्पियन घोषित हुँदै नगद १० हजारसँगै मेडल र प्रमाणपत्र पुरस्कार पाए।

प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर छात्रातर्फ नारायणी भण्डारी प्रथम, मेनुका अधिकारी दोस्रो र एञ्जल अधिकारी तेस्रो भए। सोही विधामा छात्रतर्फ तेन्जोन रोका प्रथम, विवेक परियार दोस्रो र सुनिल विक तेस्रो भए । छात्र–छात्रा दुवैतर्फ प्रथम, दोस्रो र तेस्रोले क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए।