१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २८ आइतबार १o:२५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार १o:२५:oo

२०१० : अफ्रिकाद्वारा पहिलोपटक फिफा विश्वकप आयोजना । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा १९औँ एसोसिएसन विश्वकप फुटबलको उद्घाटन भएको थियो । यस ऐतिहासिक संस्करणको विजेता स्पेन थियो । 

सन् १९५५ : ले मान्स कार रेस दुर्घटनामा ८० भन्दा बढी व्यक्तिको मृत्यु । यो फ्रान्सको इतिहासमा सबैभन्दा खराब कार रेसिङ दुर्घटनामध्ये एक थियो । पियरे लेवेघको मर्सिडिज दर्शकहरूको भिडमा दुर्घटनाग्रस्त हुँदा आगो लागेको थियो ।

सन् २००१ : ओक्लाहोमा सिटीका आक्रमणकारीलाई मृत्युदण्ड दिइएको दिन । सन् १९९५ को अप्रिल १९ मा ओक्लाहोमा सहरको एक संघीय भवनमा बम विस्फोटमा दोषी ठहरिए टिमोथी म्याक भेगलाई आजकै दिन मृत्युदण्ड दिइएको थियो । उनी संलग्न रहेको विस्फोटमा १६८ जना मानिसको मृत्यु भएको थियो । उक्त हमला अमेरिकामा भएका खराब अतिवादी हमलामध्ये एक थियो ।

सन् १९८७ : बेलायतमा मार्गरेट थ्याचर लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेकी थिइन् । कन्जर्भेटिभ नेतृ थ्याचरले सन् १९७९ देखि १९९० सम्म प्रधानमन्त्री र सन् १९७५देखि १९९० सम्म कन्जर्भेटिभ पार्टीको नेताको रूपमा सेवा गरिन् ।