Skip This
माओवादीलगायत विचार मिल्नेसँग एकताको पहल गर्ने समाजवादीको निर्णय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २६ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २६ शुक्रबार २१:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीलगायत विचार मिल्नेसँग एकताको पहल गर्ने समाजवादीको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २६ शुक्रबार २१:o४:oo

नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरेको छ  

काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने,’ बैठकले निर्णय गरेको छ । 

पार्टी एकताअघि एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मेर्चा बनाउँदै एकताको पहल अघि बढाउने समाजवादीको निर्णय छ । 

समाजवादी केन्द्र-ध्रुव निर्माणका लागि समाजवादकेन्द्रित कार्यक्रमसहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गर्ने प्रस्तावको औपचारिक जवाफ आएपछि पार्टीले थप निर्णय गर्ने समाजवादीले जनाएको छ ।

केन्द्रीय समितिले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले अध्यक्ष र सहअध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव व्यापक छलफल गरी एकमतले पारित गरेको छ ।