१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेटबारे ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण : जनार्दन शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२१:oo

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन्। 

उपमहासचिव शर्माले अध्यक्ष ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई शून्य मार्क दिनुभएको उल्लेख गर्दै सो मूल्यांकन सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित रहेको प्रतिक्रिया दिए। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै बजेटलाई राजनीतिक रंग दिएर हेर्ने काम वस्तुनिष्ठ हुनै नसक्ने बताए। 

पूर्वअर्थमन्त्रीसमेत रहेका शर्माले आगामी १० वर्षको बजेटको वस्तुनिष्ठ समीक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्तावसमेत गरे। 

उनले भने, ‘बजेटको वस्तुनिष्ठ समीक्षा गर्नु भन्ने मेरो मान्यता छ। त्यसको भविष्य र जनताको जीवनसँग सरोकार राख्ने बजेटलाई राजनीतिक चस्माबाट समीक्षा गरियो भने त्यसले ठीक निष्कर्ष दिँदैन। आग्रह र पूर्वाग्रह भएर समीक्षा गरौँ। म सम्मानित सदनमा विगत १० वर्षमा आएका बजेटहरूको समीक्षा गराैँ भन्ने प्रस्ताव राख्न चाहन्छु। यसका लागि अर्थविद्, नागरिक समाज, किसान, पत्रकार, पूर्वन्यायाधीश, सम्बन्धित क्षेत्रका विज्ञसमेत भएको एउटा उच्चस्तरीय आयोग वा समिति बनाऔँ। आवश्यक परे यसमा स्वतन्त्र अन्तर्राष्ट्रिय क्षेत्रको विज्ञहरूको पनि सहयोग लिऊँ। ता कि सत्ता र प्रतिपक्षका आग्रह र पूर्वाग्रहबाट मुक्त भई निकालिएका निष्कर्षमार्फत समस्याहरू कहाँ छन् ? पहिचान गर्न सकियोस्।’

उपमहासचिव शर्माले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अन्तर्राष्ट्रिय क्षेत्रका स्वतन्त्र पहिचान भएका विज्ञहरूको पनि सहयोग लिनुपर्ने आवश्यकता औँल्याए।