१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेटबाट आशा गर्नु भनेको न्याल रोपेर स्याउ फलाउन खोज्नुजस्तै : गोकर्ण विष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:o६:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुने गरी बजेट आएको आरोप लगाएका छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारूढ दलका शीर्ष नेताहरूको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताए। 

सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दाबीसमेत गरे। उनले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए। 

सचिव विष्टले भने, ‘डडेल्धुरामा बजेट बढ्यो रे, गोर्खामा बजेट बढ्यो रे। नुवाकोटमा बजेट बढ्यो रे। क्रमागत आयोजनाहरू काटिन्छन्। तर, आज केही पहुँचका आधारमा योजनाहरू, बजेटहरू केन्द्रित भएको छ। आज विधि र न्याय स्थापित भएन। एउटा भनाइ छ– लथालिंग देशको भताभुंग चाला। जो जसले सक्छ, उसले खाला। आज बजेटमा यही प्रकारको अवस्था उत्पन्न भएको छ। आज यो सरकारबाट, यो बजेटबाट आशा गर्नु भनेको न्यालको रूप रोपेर स्याउ फलाउन खोज्नु, सुन्तला फलाउन खोज्नु मात्रै हो। आज यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन। यसकारण विद्यमान आर्थिक संकटको सम्बोधन र मन्दीबाट माथि उठाउन यो बजेट सफल देखिँदैन।’

सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने बताए।