मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २६ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २६ शुक्रबार १३:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला निर्वाचन कार्यालय खारेज गर्नुहुँदैन : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २६ शुक्रबार १३:४४:oo

सत्तारूढ दल नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नहुने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालयमातहत शाखा राखी काम गर्ने प्रस्ताव गरेको थियो।

सोही विषयलाई लिएर निर्वाचन आयोगले सरकारको उक्त प्रस्तावप्रति आपत्ति जनाउँदै शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो। बैठकमा नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने धारणा राखेको पार्टीका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

बजेटमा जिल्ला निर्वाचन कार्यालय मर्ज गर्नु नहुने पार्टीको आधिकारिक धारणा रहेको उनको भनाइ छ। छरिएर रहेका निर्वाचन कानुनलाई एकीकृत गर्ने गरी आयोगले विधेयक तयार पारेको र त्यस विषयमा पनि कांग्रेस छिटोभन्दा छिटो संसदमा पेस गर्नुपर्ने पक्षमा रहेको उनले बताए।

सहमहामन्त्री परियारले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने कुरामा कांग्रेस तयार रहेको बताए। राजनीतिक दलको लेखा परीक्षण गर्ने कुरामा पनि कांग्रेसको सहमति रहेको उनले प्रस्ट पारे।