
वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालको उपन्यास ‘कालपात्र’ बजारमा आएको छ । पुस्तक गत साताबाट बजारमा आएको हो । पुस्तकको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमोचन गरेका हुन् । उपन्यासमा देशको विकृति र राजनीतिक विषयलाई समेटिएको दाहालले जानकारी दिए ।
दाहालको यसअघि साँध, प्रक्षेपण, शान्ता, अन्धकारको यात्री, शिखरवृत्त, मेरो पत्रकारितालगायत ११ कृति प्रकाशन भइसकेका छन् । उपन्यास इम्प्रेसन पब्लिकेसन एन्ड मिडिया प्रालिले प्रकाशन गरेको हो । दुई सय पृष्ठको उपन्यासको मूल्य ५२५ रुपैयाँ राखिएको छ ।