मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २६ शुक्रबार १०:०६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बृहत् समाजवादी ध्रुवीकरणमा बाबुरामको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २६ शुक्रबार १०:०६:००

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बृहत् समाजवादी ध्रुवीकरणमा जोड दिएका छन् । बिहीबारदेखि सुरु पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ विषयक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिमा रूपान्तरित भएर बृहत् ध्रुवीकरणमा जोड दिएका हुन् । 

नेसपा देशमा बृहत् प्रगतिशील, लोकतान्त्रिक समाजवादी ध्रुवीकरणसहित नयाँ समाजवादी वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा क्रियाशील रहेको उनले दाबी गरेका छन् । उनले समावेशिता, संघीयता, सुशासन, समृद्धि, समाजवादको विचार र एजेन्डामा आधारित भएर अगाडि बढेको पनि बताएका छन् । 

नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिमा रूपान्तरित भएर बृहत् ध्रुवीकरणमा नलागे कम्युनिस्ट पार्टीहरू लामो समय अघि बढ्न कठिन पनि भट्टराईले औँल्याएका छन् । भट्टराईले कम्युनिस्ट पार्टीहरूलाई साम्यवादी धारको संज्ञा दिएका छन् । उनले एमाले, माओवादी, एकीकृत समाजवादी, मसाल, नेमकिपा, माओवादी क्रान्तिकारी र नेकपा समूहलाई यो धारमा समावेश गरेका छन् । प्रायः सबैले कम्युनिस्टले संसदीय बाटोबाटै अघि बढ्ने प्रयत्न गरिरहेकाले भनाइ र गराइको अन्तर्विरोधले लामो समयसम्म टिक्न नदिने उनले जिकिर गरेका छन् । 

कांग्रेसलाई उदारवादी लोकतान्त्रिक धारका रूपमा व्याख्या गरेका भट्टराईले नेसपासहित रास्वपा, विवेकशील साझा, जनमत, नागरिक उन्मुक्ति र आम जनता पार्टीलाई उनले नयाँ वैकल्पिक शक्तिको रूपमा अथ्र्याएका छन् । 

राप्रपालाई पुनरुत्थानवादी संवद्र्धनवादी धार र जसपा, लोसपा, जनमुक्ति, लिम्बुवानलगायत दललाई जातीय–क्षेत्रीय पहिचानवादी धारका रूपमा विश्लेषण गरेका छन् ।