मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २६ शुक्रबार ०८:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेयर बालेन्द्र साहकाे कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २६ शुक्रबार ०८:३९:००

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ समेटिएको नक्सा राखेका छन् । मेयर साह भारत भ्रमणमा रहेका वेला उनको टिमले कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेको हो ।

करिब दुई साताअघि भारतले ‘अखण्ड भारत’को नाममा नेपालका केही भूभागसमेत समेटिएको नक्सा नयाँ संसद् भवनमा राखेको थियो । मेयर साहले त्यसलगत्तै ग्रेटर नेपालको नक्सा बनाउन दिएका थिए । नक्सा तयार भएपछि कार्यकक्षमा राखिएको उनका स्वकीय सचिव भूपदेश साहले बताए । उनका अनुसार मेयर साहकै इच्छाअनुसार नक्सा राखिएको हो ।

उनले भने, ‘आफ्नो भूभाग समेटिएको नक्सा राख्नु स्वाभाविक हो, नेतृत्वमा हुनेले भूभाग जोगाउनुपर्छ ।’ ग्रेटर नेपालको नक्सामा पूर्वमा टिस्टा नदीदेखि पश्चिममा काँगडासम्मको भूभाग समेटिएको छ । तर, यो भूभाग सुगौली सन्धिपछि भारतको नियन्त्रणमा छ ।