मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
यम बम काठमाडाैं
२०८० जेठ २६ शुक्रबार ०५:५८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चार स्थानको तापमानमा रेकर्ड ब्रेक 

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
२०८० जेठ २६ शुक्रबार ०५:५८:००

नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम चिया बगान र ओखलढुंगामा अधिकतम तापक्रम हालसम्मकै उच्च, दुम्कौलीमा सबैभन्दा धेरै अधिकतम तापक्रम ४३.८ डिग्री मापन

गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड ब्रेक गर्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लोपटक नवलपुरको दुम्कौली, धरान बजार, इलामको कन्याम चिया बगान र ओखलढुंगामा अधिकतम तापक्रम हालसम्मकै उच्च पुगकोे हो ।

दुम्कौलीमा पछिल्लो चार दिनदेखि अधिकतम तापक्रम ४३.८ डिग्री मापन भएको छ । त्यहाँ यसअघि उच्चतम तापक्रम ५ जुन १९७९ मा ४३.७ डिग्री मापन भएको थियो ।  धरानमा बुधबार र बिहीबार अधिकतम तापक्रम ३९.३ डिग्री पुगेर रेकर्ड ब्रेक भएको छ । त्यहाँ यसअघि २२ अप्रिल २०१३ मा ३८.८ डिग्री पुगेको थियो ।

त्यस्तै, इलामको कन्याम चिया बगान क्षेत्रमा पनि अधिकतम तापक्रम ३० डिग्री पुगेको छ । त्यहाँ यसअघि १० जुन १९७३ मा २९ डिग्री पुगेको थियो । पहाडी क्षेत्र ओखलढुंगामा पनि तापक्रम लगातार उकालो लागेको छ । ओखलढुंगामा २८ अप्रिल १९९९ अधिकतम तापक्रम ३०.९ डिग्री पुगेर रेकर्ड बनेकामा सोमबार र मंगलबार क्रमशः ३१.१ र ३१. ३ डिग्री मापन भएको छ । बुधबार घटेर २९.३ डिग्रीमा झरेको छ । बिहीबारको तथ्यांक भने प्राप्त हुन सकेन ।

विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार कुल ११३ स्टेसनको अधिकतम तापक्रम केलाउँदा चारवटामा रेकर्ड ब्रेक भएको पाइएको हो । ‘१९९० देखिको तथ्यांक ब्रेक गर्ने गरी तापक्रम बढ्नुले जलवायु परिवर्तनको असर पुष्टि गर्छ,’ वरिष्ठ मौसमविद् कँडेलले भनिन्, ‘यसको अर्थ चिसा दिन घट्दै गएको र ताता दिन बढ्दै गएको देखिन्छ ।’

जुनको मात्र हेर्ने हो भने थप १० वटा केन्द्रमा पनि अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेको छ । रौतहटको गौर, महोत्तरीको जलेश्वर, सिराहाको लहान, राजविराज, विराटनगर, सुनसरीको चतरा र तरहरा, पाँचथरको फिदिम र खोटाङको दिक्तेलमा पनि रेकर्ड ब्रेक भएको छ । 

विभागका अनुसार रौतहटको गौरमा ४३, राजविराजमा ४१.८, महोत्तरीको जलेश्वरमा ४१.५, सुनसरीको तरहरामा ४०.६, सिराहाको लहानमा ४०.५, विराटनगरमा ४०.४, सुनसरीको चतरामा ३९.७, पाँचथरको फिदिममा ३६, धनकुटाको पाख्रीबासमा ३१.५ र खोटाङको दिक्तेलमा दैनिक औसत अधिकतम तापक्रम २९.८ डिग्री मापन भएको छ ।

१९९० देखिको तथ्यांक हेर्दा (मुख्य २० वटा स्टेसन) सबैभन्दा धेरै अधिकतम तापक्रम धनगढीमा मापन भएको छ । धनगढीमा १६ जुन १९९५ मा अधिकतम तापक्रम ४६.४ डिग्री रेकर्ड भएको छ । नेपालगन्जमा १४ जुन २०१२ मा ४५ डिग्री र भैरहवामा ३ मे १९९५ मा ४५.२ डिग्री मापन भएको छ । 

मौसम विज्ञान विभागका अनुसार बिहीबारको अधिकतम तापक्रम